एजेन्सी
जलालावाद, कात्तिक १ गते ।
अफगानिस्तानको एक मस्जिदमा भएको विस्फोटमा परी प्रार्थनाका लागि गएका मध्ये करीब २८ जनाको मृत्यु भएको छ । सो घटनामा कयौं घाइते समेत भएको छ ।
शुक्रबारको मस्जिदमा प्रार्थना भइरहेका बेला मस्जिद परिसर नजिकै विस्फोट भएको प्रत्यक्षदर्शीहरूले समाचार एजेन्सीलाई जानकारी दिएका छन् ।
संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अनपेक्षित हिंसा भइरहेको प्रतिक्रिया दिएको भोलिपल्ट विस्फोटको यो ठूलो घटना हुन गएको हो । प्रत्यक्षदर्शीहरूका अुनसार घटनामा कम्तीमा ५५ जना घाइते भएको छ र उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
देशको नान्गाहार प्रान्तको राजधानी जलालावाददेखि झण्डै ५० किलोमिटर टाढा पर्ने हास्का मिना जिल्लामा रहेको मस्जिदमा विस्फोट भएको प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोज्यानीले बताए । उनले पनि मृत्यु भएका सबै र घाइते भएका अधिकांश मस्जिदमा प्रार्थना गर्न आएका भक्तजनहरू रहेको जानकारी दिएका छन ।
घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । तर नान्गाहार प्रान्तमा तालिवान लडाकू र इस्लामिक स्टेट (आईएस) लडाकूहरू हिंसात्मक कार्य हुँदै आएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !