लोक समाचारदाता
बर्दिबास, कात्तिक १ गते ।
महोत्तरीको बर्दिबास नगरपालिका स्थित एक विद्यालयको चोरी भएको कम्प्युटर सहितको सामाग्री खेतमा फेला परेको छ ।
नगरपालिकाको वडा नं. ९ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाबाट बुधवार कम्प्युटरको सिपियु, १५ थान १ थान प्रोजेक्टर र ३ थान राउटर चोरी भएको थियो ।
फोटो साभार : महोत्तरी पोष्ट
सो सामाग्री शुक्रवार बिहान महोत्तरीको भंगहा ४ को बाटो नजिक एक खेतमा चोरले लुकाई राखेको अवस्थामा १२ थान कम्पुटरको सिपियु र महोत्तरीको बर्दिवास नगरपालिका ७ बाट शुक्रवार दिउसो ३ थान कम्पुटरको सिपियु बरामद गरिएको बर्दिवास प्रहरीले जनाएको छ ।
बन्द रहेको विद्यालयको कोठाकोे ताल्चा फुटाई लाखौं मूल्य पर्नै शैक्षिक उपकरण चोरेर लगेको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेकै क्रममा चोरी भएको सो सामान बरामद गर्न सफल भएका हुन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !