लोक समाचारदाता
जनकपुरधाम, कातिक १ गते ।
हवाई फायर गरेपनि धनुषा प्रहरीले तस्कार समात्न सकेन ।
शुक्रवार सांझ जिल्लाको हंसपुर नगरपालिकाको निकाल गाउँमा तस्करलाई समाउन गएका प्रहरीले ६ राउण्ड हवाई फायर गरेपनि तस्करको सट्टा उनका सामान मात्र बरामद गर्न सकेको छ ।
जिल्लाको सीमावर्ती क्षेत्रमा अवैध रुपमा भइरहेको तस्कारी रोक्न प्रहरीले हालसम्म तस्कर होइन तस्कारीको सामान बरामद गर्ने प्रयास गर्दै आएको कारण तस्कारी झन बढदै गएको छ । तस्कर पक्राउ पर्न नसक्दा बरामद गरिएका ती सामानहरु पुनः ती तस्करहरुले कुनै न कुनै माध्यमबाट सामान निलामी वा मोटो रकम दिई हातपार्ने गरेको छ ।
भन्सार छली गरि ल्याएको समान भण्डारण गरेको गोप्य सूचनाका आधारमा प्रहरी छापामारी गरि समान बरामद गर्न पुगेका थिए । तर तस्करले स्थानीय महिला र बालबालिकालाई प्रयोग गरेर अघि सारेपछि सामान बरामद गर्न प्रहरीलाई ६ राउण्ड हवाइ फायर गर्नु परेको धनुषाका प्रहरी उपर शेखर खनालले बताए ।
बरामद गरिएका सामान करीब २५ लाख रुपैया बराबरको रहेको बताइएको छ । यतिको ठूलो संख्यामा तस्करी भइरहंदा प्रहरीले तस्कर होइन तस्करीको सामान बरामद गर्ने अभियानमा जुटेका हुन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !