लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १ गते ।
प्रजनन स्वास्थ्य, लैंगिकता, युवा तथा जनसंख्या सम्बन्धी रिपोर्टिंग गर्न पत्रकारहरुका लागि प्रदेशस्तरीय तीनदिने तालिम शुरु भएको छ ।
सामाजिक विकास मन्त्रालय, महिला सशक्तिरण अभियान र यूएनफपीएको संयुक्त आयोजनामा बिहीवारदेखि शुरु भएको सो तालिममा प्रदेश २ का विभिन्न जिल्लाका करीब ३० जना पत्रकारको सहभागिता रहेको छ ।
फोटो : बटुकनाथ झा
प्रदेश २ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नवलकिशोर झाले तालिमको उद्घाटन गर्दै स्वास्थ्य सम्बन्धी सूचना सबैसम्म पुर्याउन मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए ।
सो तीनदिने तालिममा संचार माध्यममा नसमेटिएर ओझेलमा पर्दै गएको प्रजनन स्वास्थ्य, परिवार नियोजन, किशोरावस्था लगायतका विषयमा कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा जानकारी गराइएको छ ।
तालिममा सहभागी पत्रकारहरूले सञ्चार माध्यमले पनि राजनीति सम्बन्धी र घटना दुर्घटना सम्बन्धी समाचार र सूचनाहरु मात्र प्रकाशन÷प्रशारण हुँदै आएकोमा यो तालिमपछि महिलाको स्वास्थ्य सम्बन्धी समाचार आउने सम्भावना बढनेछ भन्दै आ आफ्ना अनुभव समेत आदान प्रदान गरेका छन ।
बिहीवार असोज ३० गतेदेखि जनकपुरधाममा शुरु भएको सो तालिम कात्तिक २ गतेसम्म चल्नेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !