लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १ गते ।
प्रदेश २ का धनुषा जिल्लाको औरही गाउँपालिका वडा नं. १ मा मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
जिल्लाका निर्वाचन क्षेत्र २ (ख) का प्रदेश सभा सदस्य रामआशिष यादवको विशेष पहलमा पौडेश्वर स्थित स्थानीय श्री सर्बोदय माध्यमिक विद्यालयका ६८ जना छात्रालाई सो साइकल वितरण गरिएको हो ।
वाडअध्यक्ष अशेश्वर यादव र समाजवादी विद्यार्थी युनियन प्रदेश २ का उपाध्यक्ष बिकाश यादव सहित विद्यालयका सम्पूर्ण शिक्षकको उपस्थितिमा सो साइकल वितरण गरिएको हो । सो साइकल वितरण कार्यक्रममा छात्रा संगै तिनीहरुको अभिभावक र स्थानीय समेतको सहभागिता रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !