लोक समाचारदाता
राजविराज, कातिक १ गते ।
घटनाका दुई वर्षपछि सप्तरीमा हत्या आरोपमा फरार दुई जना आरोपित पक्राउ परेको छ ।
फरार सूचीमा रहेका सप्तरीको सुरुङ्गा नगरपालिका ३ विषहरियाका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनिल सदालाई प्रहरीले घटनाको २ वर्ष ४ महिनापछि बिहीबार पक्राउ गरेको हो ।
स्थानीय १९ वर्षीय फुल्चनकुमार मण्डलको हत्या आरोपमा पक्राउ परेकाहरु विरुद्ध ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक रामराजा केशरीले बताएका छन् ।
मृतककी आमा हन्सीदेवी मण्डल खत्वेको उजुरीका आधारमा घरबाटै उनीहरुलाई दुई वर्षपछि पक्राउ गरिएको छ । सो घटनामा संलग्न अन्य आरोपितहरु ४४ वर्षीय जोगेन्द्र सदा, २४ वर्षीय अर्जुन सदा, २३ वर्षीय प्रदीप सदा र २२ वर्षीय अजित सदा फरार रहेका छन् ।
सुनियोजित तरिकाले २०७४ असार ७ गते रक्सीमा विषादी मिसाएर खुवाई फुल्चनको हत्या गरेको आरोप तिनीहरुमाथि लगाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !