लोक समाचारदाता
जनकपुरधाम, असोज ३० गते ।
घुस सहित महोत्तरीबाट एक प्रहरी सहायक निरिक्षक (असई) पक्राउ परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सीमावर्ती क्षेत्र जिल्लाको कठुधार प्रहरीचौकीका इन्चार्ज बृजेश कुमार चौधरीलाई १३ हजार घुस रकम सहित रंगेहात पक्राउ गरेको हो ।
एक व्यापारी संग भारतीय बजारबाट ल्याएको समान सिमाक्षेत्रमा पास गराइदिने भन्दै १३ हजार रुपैँया घुस मागेको उजुरीको आधारमा बर्दिबासस्थित आयोगबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग आयोगको बर्दिबास कार्यालयले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !