लोक समाचारदाता
जनकपुरधाम, असोज ३० गते ।
धनुषाको जनकनन्दी गाउँपालिका स्थित एक विद्यालयको पर्खाल भत्किदा एक छात्राको मृत्यु भएको छ ।
बिहीवार गाउँपालिका वडा नंं ४ खजुरी स्थित श्री के.एस.एच.बि. उच्च माध्यमिक विद्यालयको पर्खाल भत्किदा एक छात्राको मृत्यु हो । स्थानीयका अनुसार विद्यालयमा पढन गएकी स्थानीय राजकुमार सादाका ७ वर्षिय छोरी सँसना सादाको पढदै गर्दा पर्खाल ढल्दा त्यसमा च्यापिएर तत्कालै मृत्यू भएको हो ।
घटनामा अचेत भएकी छात्रा सँसनालाई घाइते भएको हो भनी छात्रालाई उपचारका लागि जनकपुर अंचल अस्पताल ल्याइयो तर अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेको थियो । सो घटनामा एक अन्य विद्यार्थी मोहम्मद समीर साफी गम्भिर घाईते समेत भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । सदाको मृत्यु भएको बारे समाचार लेख्दासम्म प्रहरीले पुष्टि गरेको छैन । घटना बारे थप अपडेट हुन बाँकी छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !