लोक समाचारदाता
मंगलवा, असोज ३० गते ।
राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना सांसद प्रमोद कुमार साहको रिहाईको मांग गर्दै गरेको सर्लाही बन्दले जनजीवन प्रभावित भएको छ ।
विमान स्थल तोडफोड आरोपमा पक्राउ परेका प्रतिनिधि सभा सांसद साहको झुठा मुद्दा फिर्ता गरी तत्काल रिहाईको मांग गर्दै राजपा नेपाल सर्लाहीले बिहीवार जिल्ला बन्दको घोषणा गरेका हुन ।
बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने निजि तथा सामुदायिक विद्यालय र विभिन्न पसल बजारहरु समेत बन्द छन् ।
राजपा नेपाल निकट राष्ट्रिय विद्यार्थी संघ सर्लाही जिल्ला संयोजक दिगेश्वर नायकले सांसद साहलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने बताएका छन ।
सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित सांसद साहलाई मंगलवार काठमाडौबाट विमान स्थल जनकपुर स्थित बुद्ध एअरको काउण्टरमा सोमवार विमान ढिलो भएको कारण किड्नी बिरामी कांग्रेसका नेता दिलिप सहगल दर्दले छट्पटाई रहेको सहन नसकी आक्रोशमा लात हानेका थिए ।
त्यसले गर्दा बुद्धएअरको काउण्टरमा क्षति पुगेको थियो । सोहीलाई आधार बनाई नागरिक उड्यान प्राद्यिकरण जनकपुरले विमान स्थल तोडफोड र विमान संचालन वाधा पुरयाएको भनी प्रहरीमा उजुरी दर्ता गरएका थिए ।
सोही उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले उनलाई त्रिभुवन विमान स्थलबाट ओखलढुंगा जाने क्रममा पक्राउ गरेको थियो । हाल उनी अनुसन्धानको क्रममा म्याद थप भई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !