लोक समाचारदाता
जनकपुरधाम, असोज २९ गते ।
धनुषाको धनुषाधाम नगरपालिका ५ नौ सय विघामा माटो खन्ने क्रममा एक बालिकाको मृत्यु संगै दुई महिला घाइते भएको छ ।
दिपावली छठका लागि घर लिपपोत गर्न माटो खन्न गएकी स्थानीय वडा नम्बर २ निवासी १३ वर्षीया अञ्जली कुमारी यादवको मृत्यु भएको छ भने सो घटनामा दुई महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
माटोमा पुरिएर गम्भीर घाइते भएकी अञ्जलीलाई उपचारकालागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरिक्षक सुमन थापाले बताए ।
ढिस्कोमा परि धनुषाधाम २ की रिंकु यादव र ममता महतो घाएते भएकी छन् । उनीहरुको उपचार जनकपुर अंचल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !