लोक समाचारदाता
जनकपुरधाम, असोज २९ गते ।
विद्युत मरम्मत सम्भार गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राद्यिकरण जनकपुरधामका दुई कर्मचारी घाइते भएको छन ।
प्राप्त जानकारी अनुसार बुधवार सांझ जनकपुरधाम वडा नम्बर १६ पुल्चोकमा पोलमा लाईन चेकजाँच गरि रहेको बेला करेन्ट लागेर कर्मचारी नागेन्द्र ठाकुर र राजदेव मरबैता यादव घाइते भएको छ ।
घाइते ती कर्मचारीलाई घटना लगतै जनकपुर अंचल अस्पतालमा पुरयाइएको छ ।
लाईन काटेर पोलमा लाईन मिलाउने काम गरिरहेको बेला इन्भर्टरबाट एक्कासी लाईन प्रवाह भएपछि करेन्ट प्रवाह भएपछि प्राद्यिकरणका इन्जिनीयर प्रवीण मिश्रले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !