न्यूज डेस्क
जनकपुरधाम, सहज यात्रा र समय बचतका लागि हजारौ रुपैया तिरेर विमान यात्रा सर्वसाधारणले रोज्ने गर्छन तर घण्टौसम्म विमानस्थलसम्म कुराउने विमान कम्पनीलाई कारवाही कसले गर्ने प्रश्न उठेको छ ।
सहज यात्रा र समय बचत मात्रै होइन इमरजेन्सीका लागि समेत सर्वसाधारणले विमान यात्रामा जाने गर्छन तर बुद्ध एअरले केही महिनादेखि घण्टौसम्म ढिलो गर्ने गरेको कारण कतिपय बिरामी र जल्दबाजी कामले काठमाडौ जानेलाई आफ्नै कामैबाट हात धुने अवस्था हुने गरेको कतिपय घटना छन ।
विमान किन ढिलो भयो भन्ने आवाज उठाउने सांसद प्रमोद कुमार साहलाई थुनामा राखेका छन । तर विमान कम्पनीले गरेको लापरवाही विरुद्ध कसले कारवाही गर्ने भन्ने प्रश्न उठेको छ । सस्तो दरमा बस सहितका अन्य सवारी साधन प्रयोग नगरी विमानमै चाहिं ३÷४ घण्टा ढिलो हुन थालेपछि अहिलेसम्म कसैले आवाज उठाएको थिएन, बल्ल सोमवार सांसद साहले एक बिरामीको पक्षमा उभेर आवाज उठाए ।
जनकपुरका स्थानीयले सांसद साहले आक्रोशमा आई तोडफोड गरेर गलती गरयो तर महंगो भाडा दर लिएर पनि इमरेजन्सी काम र बिरामीलाई घण्टौसम्म विमान स्थलमै कुराउने विमान कम्पनीलाई पनि कारवाही हुनुपर्ने आवाज उठाउन थालेको छ ।
स्थानीयवासीले विमान स्थलमा कडा सुरक्षाका बीच सांसदले साहले तोडफोड गर्दा सुरक्षामा खटिएका प्रहरीहरु मुकदर्शक बसेर हेर्नु कार्यलाई राज्य पक्षकै सुनियोजित घटना रहेको भन्न थालेका छन् । सुरक्षार्थ खटिएका प्रहरी यदि सक्रिय भएको भए यतिको ठूलो घटना हुनै सक्ने थिएन ।
जनकपुरधामबाट काठमाडौको जान बसबाट ८/१० घण्टा लाग्छ भने विमानबाट मात्र २५ मिनेट, बसको भाडा मुश्किलले आठ सय रुपैया तिर्नुपर्छ भने विमान चढन २ हजारदेखि साढे हजारसम्म तिर्नुपर्छ । तर सर्वसाधारण यात्रुहरुलाई एअर ट्राफिक जाम र काठमाडौ रनवे खाली नरहेको विभिन्न बहाना बनाई घण्टौ बेरसम्म विमान स्थलमै कुराउंदै आएको छ ।
बुद्ध एअर र यति एअर गरी दुई वटै विमानमा जनकपुरधामबाट काठमाडौका लाग दैनिक पांच सयभन्दा बढी यात्रु हजारौ रुपैया तिरेर ओहोर दोहोर गर्छन । तर तोकिएको समयमा जनकपुर र काठमाडौबाट कहिलेपनि उडान गर्दैनन् । विमान ढिलाईले गर्दा जनकपुरबाट बाहिर जाने कयौं यात्रुलाई दिनहुँ चर्को रकम खर्चेर होटलमा बस्न बाध्य हुदै आएका छन् ।
विमान कम्पनीको यस्तो चरम लापरवाहीबाट उब्जेको पीडा आम यात्रुहरु सहन सक्छन तर सख्त बिरामी, इमरजेन्सी कामले काठमाडौ जान लागेका यात्रुका लागि असहय हो । विमान कम्पनीको लापरवाहीले गर्दा कयौं बिरामी समयमा उपचार गराउन नसकेको र विशेष काम नै छुटने जस्ता कयौं उदाहरण छ । तर आजसम्म कसैले उनको लापरवाही आवाज उठाउन नसकेको कारण कम्पनीको मनपर्दी झन बढदै गएको हो ।
स्तरोन्नतिको अन्तिम चरणमा रहेको जनकपुर विमान स्थलमा विमान कम्पनीहरुले गर्दै आएको लापरवाहीले यसले धार्मिक नगर जनकपुरधाम आउने देशी तथा विदेशी पर्यटकमा नाकारात्मक असर पर्ने निश्चित नै छ । त्यति मात्र होइन घण्टौसम्म विमान स्थलमै कुरेर समय बिताउनुपर्ने बाध्यता पर्यटक जनकपुरधाम आउन रुचाउंदैनन ।
नेपालको अन्य ठाउँमा विमान समयमै उडान भर्दै आएको छ तर दैनिक लाखौ रुपैया कमाउने जनकपुरधाम सँग यस्तो चरम लापरवाही किन भन्ने प्रश्न जनकपुरवासीको रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !