लोक समाचारदाता
जनकपुरधाम, असोज २९ गते ।
जालसाजी ठगी गरेको आरोपमा फरार रहेका जनकपुरधाम स्थित सहयोगी विकास बैंक लिमिटेड संचालक समितिका सदस्य एवं तात्कालिन एमाले नेता दिपेन्द्र कुमार यादव (दिपु) पक्राउ परेको छ ।
बुधवार बिहान जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका प्रहरीले साहलाई जनकपुरधाम वडा नं. ८ बलवा टोल स्थित उनकै निजी निवासबाट पक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले बताएका छन ।
यादवले जनकपुरधाम १० का लालबाबु रौनियारको धितो राखिएको जग्गा रकम चुक्ता गरिदिएपनि फिर्ता नगरेको कारण जालसाजी तथा ठगी गरी विक्रि गरेको अभियोगमा उजुरी परेपछि जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको थियो ।
रौनियारले लामो समयसम्म पनि आफ्नो जग्गा फिर्ता नपाएपछि जग्गा दिलाइदिनका लागि अदालतमा मुद्दा दायर गरेको थियो । करिब ८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगतरुपमा यादव कहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए । केहि वर्ष भित्रै सो ऋण वापत यादवलाई ७३ लाख रुपैया चुक्ता गरेपनि जग्गा फिर्ता पाएन ।
जग्गा फिर्ता गर्न पटक पटक आग्रह गर्दा पनि जग्गा नपाएपछि पिडीतले फिर्ता गराई दिन मांग गर्दै करीब ६ अघि जिल्ला अदालत धनुषामा रौनियारले मुद्दा दायर गरेको थियो ।
पीडित रौनियारको बर्दिवास स्थित रहेको ५ कठ्ठा जग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको श्रोतको दाबी छ । आफ्नो जग्गा विक्री भइसकेको थाहा पाए लगतै रौनियारले जग्गा फिर्ता गर्न आग्रह गर्दा केही अझै समय लाग्ने भन्दै यादवले बेवस्ता गर्दै आएको थियो ।
जिल्ला धनुषाले गत साउन महिनामै पक्राउ पुर्जी जारी गरेपनि राजनीतिक आडमा तात्कालिन एमालेका नेता समेत रहेका यादव बच्दै आएका थिए । पछिल्लो निर्वाचनमा एमालेबाट धनुषा क्षेत्र नं. ३ (क) प्रदेश सभा सदस्यमा चुनाव समेत लडेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !