लोक समाचारदाता
जनकपुरधाम, असोज २८ गते ।
जिल्ला अदालत धनुषाद्वारा विमान स्थल स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गर्ने प्रतिनिधि सभा सांसद प्रमोद कुमार साहलाई पक्राउ गनए आदेश जारी भए लगतै काठमाडौ विमान स्थलबाट पक्राउ परेका छन् ।
विमान स्थलमा तोडफोड गर्न सांसद साह विरुद्ध नागरिक उड्यान प्राद्यिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएको थियो । सो जाहेरीपछि सांसद साहलाई पक्राउ गर्न धनुषा प्रहरीले प्रहरी प्रधान कार्यालय र जिल्ला अदालत धनुषालाई आग्रह गरेको थियो ।
पक्राउ परेको भन्ने कुरा सांसद साहले आफ्नै फेसबुकको वालमा स्टटस विमान स्थलबाट समातियो भन्ने करा लेखेका छन् । हुनत प्रहरीले समाचार लेख्दासम्म पुष्टि गरेको छैन ।
सोमवार दिउंसो सांसद साहले विमान ढिलो भएको भन्दै बुद्ध एअरको काउण्टरमा तोडफोड गरेपछि उनलाई विमानमा कर्मचारीले रोक्न खोज्दा कर्मचारीमाथि हातपात समेत गरेको आरोप रहेको उनीमाथि आरोप रहेको छ ।
सो घटनापछि नागरिक उड्यान प्राद्यिकरण जनकपुरधामले उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा विमान संचालनमा बाधा अवरोध र तोडफोड भनी गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जाहेरी दर्ता गराएको थियो ।
सो उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान पछि स्थानीय अदालतमा फौजदारी अभियोग अन्तर्गत मुद्दा चलाइने छ । उनी दोषी ठहर भएपछि तोडफोड अन्तर्गत नष्ट भएको सामानको बिगो सहितको भरपाई सहित एकवर्षदेखि ५ वर्षसम्म कैद सजाय र विमान संचालनमा वाधा पुरयाएको आरोप ठहर भएमा ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !