लोक समाचारदाता
मलंगवा, असोज २७ गते ।
भन्सार छली गरी अवैध रुपमा ल्याएका भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिई सशस्त्र प्रहरीले नष्ट गरेको छ ।
सर्लाहीको बरहथवा नगरपालिका १४ सैदपुरबाट आइतबार विहान विआर ३० ए ४७५५ भारतिय नम्वर पलेट लेखिएको टाटा सुमो गाडिबाट शस्त्र प्रहरीले २५ सय अवैध भारतीय कुखुराको चल्ला नियन्त्रणमा लिई नष्ट गरेको हो ।
गोप्य सूचनाको आधारमा टाटा सुमोलाई चेकजाँच गर्ने क्रममा शस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीका प्रहरी नायव निरीक्षक प्रमोद कुमार सिंह सहित ६ जनाको मोवाईल गस्ती टोलीले १ लाख २५ हजार मुल्य बराबरको २५ सय अवैध भारतीय कुखुराको चल्ला बरामद गरेको शस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीले बताएका छन् ।
सो चल्ला शस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीको कार्यालयमा आईतबार साढे ३ बजे खाल्टोमा पुरी नष्ट गरिएको छ भने अन्दाजी ७ लाख मुल्य बराबरको टाटा सुमो गाडि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको शस्त्र प्रहरी बल नेपाल १० नं. गण कविलासीका गणपती तथा प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसैगरी सर्लाहीकै रामनगर गाउँपालिकाबाट करीब ५० हजार मुल्य बराबरको विष्फोटक पदार्थ पटाखा र ६० हजार मुल्य बराबरको मोटरसाईकल शस्त्र प्रहरीले बरामद समेत गरेको छ ।
बिआर ३० एल४६०५ नम्वरको मोटरसाईकल वडा नं. १ खैर्वामा शस्त्र प्रहरीलाई शंका लागि चेँकजाँच गर्दा सो पटाखा बरामद गरेको सशस्त्रले जनाएको छ । पटाखालाई नष्ट गरी मोटरसाईकल जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको शस्त्र प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !