लोक समाचारदाता
जनकपुरधाम, असोज २७ गते ।
सूचना मांग्न गएका एक सर्वसाधारण जनकपुरधाम उपमहानगरपालिका कार्यालयका मेयर अगाडि नै वडाध्यक्षबाट कुटिएका छन् ।
प्राप्त जानकारी अनुसार गत असोज १३ विकास निर्माण सम्बन्धी सूचना मांग्न गएका उपमहानगरपालिका १८ का रामबाबु मण्डललाई मेयर लाल किशोर साहकै अगाडि सोही वडाका मेयर रामाशंकर पासवानले कुटेका छन् ।
फोटो : फाईल
संचारकर्मी संग पीडा पोख्दै मण्डलले भने वडामा भएको विकास निर्माणको काममा अनियमितता भएको शंका लागेपछि आफू र स्थानीय तपेश्वर ठाकुरले संयुक्त रुपमा सूचनाका लागि विधि प्रक्रिया निवेदन दर्ता गराए तर कर्मचारीले सूचना मागको निवेदन मेयर साहलाई नै दिन भन्यो ।
सोहि अनुसार सूचना मांग्न मेयर साह कहाँ जाँदा उनले सूचना पढेर सुनाउन भने सूचना पढिरहेकै क्रममा त्यहाँ कार्यकक्षमा बसेका सम्बन्धित वडाध्यक्ष पासवानले आफूहरुमाथि जाइलाग्दै कुटपिट गर्न थालेको पीडित मण्डलले भने ।
मेयर साहको आदेश बमोजिम ‘निवेदन पढ्दै गर्दा वडाध्यक्ष पासवान खन्निए । कहाँ भ्रष्टाचार भएको छ ? भन्न थाले । त्यसपछि आएर ममाथि हातपात समेत गरेको पिडित मण्डलले दुखेसो पोख्दै भने ।
कार्यकक्षमा त्यति हुँदा समेत मेयरले केहि नबोलेको संगै सूचना माग्न पुगेका अर्का पिडीत तपेश्वर ठाकुरको भनाई छ । उनका अनुसार कार्यकक्षमा अन्य ४÷५ जना उपस्थित थिए । उनले भने हामी सँग भएको दुव्र्यवहार सहित कुटपिटको घटना बारे मेयर साहको कार्यकक्षमा लागेको फुटेजमा त्यो दिनको दिउँसो ३ बजेदेखि ४ बजेसम्मको सीसीटिभी फुटेज हेर्दा प्रष्ट हुन्छ ।
घटना पश्चात पीडित मण्डलले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषामा वडाध्यक्ष पासवानको कार्वाहीको माग गर्दै उजुरी समेत दिएका छन् । तर अहिलेसम्म केहि सुनुवाई नभएको मण्डलको गुनासो छ । तर वडाध्यक्ष पासवानले आफुले हातपात नगरेको दावी गरेका छन् ।
नेपालको संविधानले सार्वजनिक एवं सरकारी निकायको सार्वजनिक महत्वको सूचना पाउन हरेक नेपाली नागरिकको मौलिक अधिकारको रुपमा ग्यारेन्टी गरेपनि भ्रष्टाचार लुकाउन यस्ता घटनाले प्रसय पाउंदै गएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !