लोक समाचारदाता
रौटहट, असोज २६ गते ।
बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ ।
रौटहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद आलमलाई आइतवार बिहान ११ बजे जिल्लाको गौरबाट प्रहरीले पक्राउ गरिएको प्रदेश २ का प्रहरी प्रमुख, डीआईजी प्रद्धुमन कार्कीले पुष्टि गरेका छन् ।
फोटो : सांकेतिक
पहिलो संविधान सभाको चुनावलाई लक्षित गरी २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हाल अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
श्रोतका अनुसार घटना भएको बेला चुनाव लक्षित गरी बम बनाउँदै गर्दा विस्फोट भएको घटना लुकाउन घाइतेहरुलाई इँटाभट्टामा हत्या गरेको आरोप समेत आलममाथि छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !