लोक समाचारदाता
जनकपुरधाम, असोज २६ गते ।
धार्मिक नगरी जनकपुरधामलाई मांस–मदिरा निषेध गर्न अभियान थालिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका ७ ले मांस मदिरा प्रतिबन्ध लगाउने तयारी थालेको हो । सो वडाले सर्वपक्षीय बैठकले एक महिनाभित्र वडाभित्रका मदिरा र माछा तथा मासु पसल हटाउने निर्णय गरेको छ ।
सो अनुरुप वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा पसलहरुमा पुगेर एक महिनाभित्र कारोबार बन्द गर्न अल्टिमेटम दिएका छन् । विगत वर्षदेखि मदिरा र माछामासु पसल बन्द गराउने विषयमा छलफल गरिरहेको बताउँदै सर्वपक्षीय बैठकबाट निर्णय समेत गरेको जानकारी दिएका छन ।
उनले मदिरा र माछामासुको पसललाई बन्द गर्न एक महिने अल्टिमेटम समेत दिएको बताएको छ । हाल वडा नम्बर ७ स्थित नगर परिक्रमा क्षेत्रभित्र करिब दुई सय बढी मदिरा र माछामासुको पसल रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !