लोक समाचारदाता
महोत्तरी, असोज २६ गते ।
सशस्त्र प्रहरीले महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डबाट तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मटिहानी नगरपालिका ८ का २२ वर्षीय राजकुमार साह रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताएका छन् ।
फोटो : सांकेतिक
शनिबार बेलुका करिब ६ बजेतिर ज ७ प ३३९५ नम्बरको मोटरसाइकलमा चढी तीन लाख भारु बोकेर मटिहानीबाट जलेश्वर गइरहेको गोप्य सूचनाको आधारमा मटिहानी ९ स्थित जलसागर पोखरी नजिकै सशस्त्र प्रहरीले स्रोत नखुलेको भारुसहित उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जनाएको छ ।
भारुसहित पक्राउ परेका युवक साह अवैधरूपमा नेपाली–भारुको सटही कारोवार गर्ने गरेको प्रहरीले आशङ्का गरेको छ भने उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !