लोक समाचारदाता
जनकपुरधाम, असोज २५ गते ।
सशस्त्रको घुमुवा प्रहरी हुँ भन्दै सर्वसाधारणलाई भयत्रास धम्की दिदैं पैसा असुल्ने गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
शुक्रबार साँझ धनुषाको विदेह नगरपालिका ९ इटहर्वा स्थित सशस्त्र प्रहरी गणबाट सहायक प्रहरी निरीक्षक सुरेन्द्र कुमार झाको कमाण्डमा खटेको टोलीले सो आरोपमा जिल्लाको मिथिला बिहारी नगरपालिका १० ठेरा निवासी २७ वर्षिय २७ विश्वनाथ साहलाई पक्राउ गरेको छ ।
सीमावर्ती क्षेत्र भारतको हरिने बजारबाट आउने सर्वसाधारणहरु संग प्रहरी भन्दै चेकजाँच गर्दै धम्की दिएर पैसा अशुल्दै गरेको अवस्थामा शसस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको कुरा धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिएका छन् ।
उनले भने ‘बजारबाट आउने जाने सर्वधारणलाई रोकेर विभिन्न बहानामा चेकजाँच गर्ने, भारतीय गाडी चेकजाँच गर्ने, कागजात खोज्ने र नभेटिए धाक धम्की दिदै पैसा असुल्ने र नदिएपछि गाडी नै खोस्ने लगायतका कार्य गर्दै आएको थियो । सोही क्रममा उनलाई पक्राउ गरिएको आरोपितको साथबाट साँचो समेत बरामद भएको छ ।
यसका साथै उनको साथबाट कुन व्यक्तिलाई कसरी तर्साउने वा कस्तो व्यवहार गर्ने लेखिएको कागजात समेत बरामद भएको प्रहरी उपरीक्षक उप्रेतीले जनाए । सोधपुछको क्रममा करिब ९ महिना अघि वैदेशिक रोजगारबाट फर्किए लगतै उनले प्रहरीभन्दै ठग्दै हिडेको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहले प्रयोग गरेको प्रदेश २—०३—००४ प २६०५ नम्बरको मोटरसाइकल, मोवाइल तथा अन्य सामग्री नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषमा बुझाइएको उनले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !