लोक सम्वाददाता
जनकपुरधाम,असोज २५ गते ।
धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ५ को अतिव्यस्त महावीरचोकबाट चोरी आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका ७ बनौली बस्ने मनोज मिश्रको अन्दाजी २१ वर्षिय छोरा चन्दन कुमार मिश्र रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पेठिया बजारबाट रामचोक आउने क्रममा एमिना खातुनको कानमा लगाएको बाली झिकेर भाग्ने क्रमममा स्थानीयले पक्राउ गरेको थियो । पक्राउ परेका ती युवकलाई वडा अध्यक्ष मनोज साहले प्रहरीको जिम्मा लगाएको बताइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका २४ रुपैठा बस्ने खातुनलाई बजारबाट नै पछाडि गर्दै आएको र महावीरचोकमा आउँदा ती युवकले कानमा लगाएको सुनको बाली झिकेर भाग्न खोज्दा महिलाले चिच्याएपछि स्थानीयले पक्राउ गरेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !