Friday, September 25, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

भ्रष्टाचार लुकाउन प्रदेश सरकारद्वारा जानकी मन्दिरको गलत रिपोर्ट सार्वजनिक


लोक समाचारदाता
जनकपुरधाम, असोज २५ गते ।
विश्व प्रसिद्ध जानकी मन्दिरको भइरहेको सौन्दर्यकरण निर्माण कार्यमा प्रदेश २ सरकारका स्वच्छता अभियान भ्रष्टाचार लुकाउन प्रदेश सरकारद्वारा ल्याबको गलत डकुमेन्ट सार्वजनिक गरिएको छ ।

जानकी मन्दिरको प्रांगणमा मापदण्ड विपरित नक्कली र पुरातत्व विभागको सहमति विपरित मार्बल्स टाइल्स लगाउने कार्य भइरहेको चौतर्फी आवाज उठन थालेपछि निर्माण कार्य अनुगमन तथा रेखदेखका जिम्मेवारी पाएका भौतिक पुर्वाधार विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनीयर भगवान झाले एक पत्रकार सम्मेलन गरी पत्रकारलाई झुक्काउने कार्य गरेको छ ।
पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको राहुल इन्जिनीयर्स ल्याब्रोटरीको टाइल्स ल्याब रिपोर्टको लेटर प्याड नै फरक देखिएको छ । सो ल्याब रिपोर्टको लेटरप्याड नै फरक देखिएपछि रिपोर्ट सही नै होला भन्नेमा आशंका उत्पन्न भएको छ ।

ल्याब रिपोर्टको लेटर प्याड फरक फरक

सो ल्याबको एक टेस्ट रिपोर्टको एक लेटर प्याडमा आर लेखिएको होलोग्राम, By NABL (Quality Council of India) लेखिएको छ भने NABL को लोगो समेत रहेको देखिएको छ । तर बांकी सैमपल देखाइएको र अर्का टेस्ट रिपोर्टमा लेखिएको छैन भने एनएबीएलको लोगो समेत प्रयोग गरिएको छ । कुनै पनि संस्थाको लेटर प्याड एउटै हुन्छ न कि फरक फरक यसले गर्दा रिपोर्ट सही हो कि गलत विभिन्न शंका उपशंका खडा भएको छ ।

  • ल्याब रिपोर्टमा प्रयोग गरिएको फरक फरक ढंगको लेटरप्याड

भ्रष्टाचार लुकाउन प्रदेश सरकारले गरेको जाली कामले पत्रकारलाई झुक्याउने कार्य गरिएको प्रष्टै देखिन्छ । हुनत पत्रकार सम्मेलनमा यसमा कुरा उठेपनि फोटो कपीमा मिस्टेक हुन सक्ने भनी सम्बन्धित पक्षले पन्छिने प्रयास गरेका थिए ।
आश्चर्यको कुरा के छ भने पत्रकार सम्मेलनमा ल्याब रिपोर्ट पुरातत्व विभागमा पठाइ सकिएको जानकारी गराइएको थियो तर लोकपुकार सम्वाददाताले पुरातत्व विभाग सँग सम्पर्क गर्दा विभागमा प्रदेश सरकारले जानकी मन्दिरमा ओछयाउने गरिएको मार्बल टाइल्सको कुनै ल्याब रिपोर्ट पेश नगरिएको जनाएको छ ।
प्रदेश सरकारले भ्रष्टाचार विरुद्ध उठिरहेको आवाज दबाउन पुरातत्व विभागको हवाला दिदै पत्रकारलाई झुक्याउने जाली कार्य गरेको प्रष्ट देखिन्छ ।

विभागको इजाजत बिना अन्य निर्माण कार्य

विभागले प्रदेश सरकारलाई १६ एमएम सेतो कलरको मार्बल टाइल्स र मन्दिरको रंगसँग मेल खाने गरी रंगरोगन, टाइल्स र पुराना संरचना नबिग्रिने गरी मुख्य गेट निर्माणको इजाजत मात्र दिएको छ ।
तर प्रदेश सरकारले बजेट सकाउन विभागको सहमति विपरित मरम्मत सम्भार, अशोक रुखको बगौचा, पानी टयांकी र श्रद्धालु भक्तजन बस्ने फलाम सहितको लामो केही बेन्च समेत लगाउने कार्य आफ्नो योजना अनुरुप अघि बढाएको छ ।

विभाग सँग सम्पर्क गर्दा जानकी मन्दिर सौन्दर्यकरणको कार्य देख्दै आएका मन्जु सिंहले भनिन् हामीले प्रांगणमा सेतो रंगको मार्बल लगाउने र गेट निर्माणको इजाजत मात्र दिएका छौं । तर अन्य कार्यहरुका लागि प्रदेश सरकारले कुनै इजाजत लिएको छैन । विश्व सम्पदा सूचीमा सूचीकृतका लागि सिफारिस भएका जानकी मन्दिरमा कुनैपनि निर्माण कार्य वा सौन्दर्यकरण गर्न विभाग अन्तर्गत सम्पदा सूची हेरिरहेका शाखासँग समन्वय गरेर मात्र कार्य गर्न पटक पटक प्रदेश सरकारलाई सचेत गराउंदै आएको छ ।
जानकी मन्दिरमा सौन्दर्यकरणका बेन्च राख्नै परियो भने बगैचामा वा मन्दिरमा असर नपर्ने गरी ठाउंमा लगाउनुपर्ने र अशोक रुख मन्दिरको बगैचामा मात्र लगाउन पाउने विभागको भनाई छ तर प्रदेश सरकारले मन्दिरको प्रांगणमै दुवै साइड, बीचमा र अशोक रुख प्रांगणको चारैतिर लगाउने योजना राखेको छ ।

सम्पदा सूचीमा पर्न नदिने षडयन्त्रको आशंका

यति मात्र होइन प्रदेश सरकारले पार्किंग, मन्दिरको रंगरोगन र लाइटिंगको काम सहितको योजना समेत अघि सारेको छ । जबकि विभागले मन्दिरमा वर्षौदेखि रहेका रंग मात्र प्रयोग गर्न पाउने र पर्खाल फोडेर लाइटिंग गर्न नपाउने भन्दै आएको छ । प्रदेश सरकारको यस्तो कार्यले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा पर्न नदिने प्रदेश सरकारको षडयन्त्र रहेको आशंका समेत बौद्धिक वर्गमा हुन थालेको छ ।
जानकी मन्दिरको सौन्दर्यकरण योजना अन्तर्गत ७ करोड २१ लाख रुपैयाको लागतमा काठमाडौ स्थित निर्माण कम्पनी प्रेरा जेभीको ठेक्कामा सौन्दर्यकरणका लागि मार्बल टाइल्स ओछयाउने र गेट निर्माणको काम हाल भइरहेको छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर
Blast News

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई
Blast News

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम
Blast News

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका
Blast News

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

ताजा खबर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

नबिल बैंकमा सेवाग्राहीको खाताबाट रू. ७० हजार ह्ट्रायाकरले गरे ट्रान्सफर

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

ईट्टा उद्योग संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री भट्टराई

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जलवायु उत्थानशील र सञ्चार बारे सांसदलाई तालिम

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

जनकपुरधाममा खुल्याे मिथिला परिकारकाे रेष्टुरेन्ट बाँस वाटिका

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव