लोक समाचारदाता
जनकपुरधाम, असोज २४ गते ।
आउंदो कात्तिक महिनामा प्रदेश २ का राजधानी जनकपुरधाममा अन्तराष्ट्रिय स्तरको वृहत व्यापारिक मेला “जनकपुर महोत्सव २०१९” आयोजना हुने भएको छ ।
सिया इभेन्ट एण्ड एशोसिएट प्रा.लि. द्वारा कात्तिक १ गतेदेखि ५ गतेसम्म आयोजना हुने ५ दिने महोत्सवमा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका व्यवसायीहरुको सहभागिता रहने छ ।
जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना हुने महोत्सवको व्यपारिक मेलामा ७५ भन्दा बढी ती देशहरुको स्टल राखिनेछ भने एकलाभन्दा बढी उपभोक्तालाई अवलोकन गराउने उद्देश्य आयोजक पक्षको रहेको छ ।
महोत्सवमा गारमेन्टस, छाला (लेदर) को उत्पादित सामाग्री, किचेन, वेयर, होम एप्लायन्स, अटो मोबाइल्स, हेल्थ फिटनेश, कन्स्ट्रक्सन र बैंक तथा वित्तिय संस्थाहरुको स्टल राखिनेछ ।
सियाले यसअघि संघीय राजधानी काठमाडौमा विभिन्न व्यापारिक मेला तथा इभेन्टसहरु आयोजना गर्दै आएको छ, प्रदेश स्तरीय उनको यो पहिलो महोत्सव रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !