लोक समाचारदाता
जलेश्वर, असोज २३ गते ।
महोत्तरी जिल्लाको मटिहानी नगरपालिका स्थित बजार क्षेत्रमा प्रहरी बनेर व्यापारी ठगी गर्दै आएको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
फोटो साभार : टुडेपाटी
लोहरपटटी नगरपालिका ९ खुट्टा पिपराढी निवासी २८ वर्षीय जय प्रकाश मण्डलले घुमुवा प्रहरी हुँ भनी नक्कली प्रहरी बनेर व्यापारीहरुलाई तर्साउंदै रकम असुल्दै आएको थियो ।
मण्डलले विगत लामो समयदेखि विभिन्न व्यक्ति तथा व्यापारीलाई प्रदेशको धुमुवा प्रहरी हुँ भन्दै धम्काएर नगद माग गर्दै आएकोमा बुधवार साँझ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधब प्रसाद बूढाथोकीले जनाएको छ ।
पक्राउ परेका मण्डललाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !