लोक समाचारदाता
लहान, असोज २३ गते ।
सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नं. १२ सारसरमा मेलाको विषयमा दुई पक्षबीच भएको झडपमा १६ जना घाइते भएको छ ।
सो वडामा दुर्गा मेलामा मैन र नटवा टोलका युवाहरूबीच मेला विषयमा विवाद भई झडपको रुप लिएको बताइएको छ । छलफलको माध्यमबाट विवाद सल्ट्याउने सहमति भएपनि तरकारी बेच्न गइरहेका बिपतिया राईनउपर कुटपिट भएपछि झडप भएको थियो ।
फोटो ः सौजन्य
झडपमा घाइते भएका फुटन कुजरा, मो तसमिम राईन, मो समसेर राइन, कैउम मियाँ, मो मुस्तुफा मियाँ, मो महेवुल मियाँ, मो मदिना खातुन, मो फईम राईन, मो महिमुल खातुनलाई उपचारको लागि विराटनगर रिफर गरिएको छ । यस्तै जरिना खातुन, मो अब्दुल कादिर, मो जैतुन खातुन, मो साहिद मियाँ, मो अब्दुल रहमान राईन, मोकतार राईनको उपचार जिल्ला अस्पताल सिरहामा भइरहेको प्रहरीले जनाएको छ ।
थप घटना बढ्न नदिन प्रहरीले केही स्थानीयहरुलाई नियन्त्रण लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !