लोक समाचारदाता
विरगंज, असोज २३ गते ।
प्रदेश २ का एकमात्र महानगरपालिका विरगंज महानगरपालिकाको मेन सडक फराकिलो पार्न दबाव युवाहरुले विरोध प्रदर्शन गर्ने भएको छ ।
वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा विकास युवा संघर्ष समितिको सम्पन्न दोस्रो बैठकबाट वीरगंजको मेन रोड फराकिलो पार्न दबाव दिन बिरोध प्रदर्शन तथा चक्का जाम गर्न निर्णय गरिएको छ ।
संघर्ष समितिका सन्दीप कुमार साहको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते बिहिबार दिउँसो ४ बजे वीरगंजको घण्टाघर बिरोध प्रदर्शन र माईस्थानमा १ घण्टा चक्काजाम गर्ने निर्णय गरेको समितिका अकलेश साहले वताए ।
वीरगंजको बिकास बिरोधी र बाटो फरकिलो पार्नु हुन्न भन्ने दलालहरु विरुद्ध वीरगंजका युवाहरू बिरोध पर्दशन तथा चक्का जाम गर्न लागेको साहले जानकारी गराए ।
संघर्ष समितिको बैठकमा समितिका अकलेस साह, रंजित चौरसिया, महमुद अंसारी, राकेश पटेल, धर्मेन्द्र पटेल, सरण कलवार लगायतको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !