लोक समाचारदाता
विरगंज, असोज २३ गते ।
प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले मधेसी जनता अधिकार सम्पन्न भएपछि प्रदेशको समग्र विकास हुने बताएका छन् ।
दशै दिपावली एवं छठ पर्वको अवसरमा राष्ट्रिय जनता पार्टी नेपाल बाराको क्षेत्र न.४ को प्रसौनी गाउँपालिका कमिटीले आयोजना गरेको शुभकामना अदान प्रर्दान कार्यक्रममा मन्त्री सोनलले मधेसी जनताको अधिकार प्राप्तिका लागि राजपा नेपालले संघर्स गर्दै आइरहेकोले अधिकार सम्पन्न नभएसम्म समग्र विकास हुन नसक्ने बताए ।
मन्त्री सोनलले दुई तिहाईको कम्युनिस्ट सघिय सरकारले मधेसी जनताको अधिकार खोसेने र संविधान संशोधन नगर्न षड्यन्त्र गरिरहेका बताउंदै मधेशी जनता सहित प्रदेश २ सरकार पनि संघर्षमै रहेको भने ।
कार्यक्रममा राजपा सांसद एकबाल मिया, जिल्ला समन्वय समिति बारा सभापति नवलकिशोर सिंह, अधिवक्ता रामचन्द्र सिंह, राजपा क्षेत्र न.४ को अध्यक्ष सिताराम गुप्ता, रामचन्द्र साह लगायतले आ आफ्ना धारणा राखेका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !