लोक सम्वाददाता
काठमाडौं, असोज २२ गते ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदो शनिबार नेपाल आउने भएको छ ।
आउंदो अक्टोबर १२ र १३ अर्थात आउने शनिबार र आइतबार सहित दुई दिने भ्रमणमा राष्ट्रपति सी को राजकीय भ्रमण नेपाल आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राजकीय भ्रमणका क्रममा नेपाल आउन लागेको विज्ञप्तीमा भनिएको छ । चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा केही दुईपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । चिनियाँ राष्ट्रपति सी शुक्रबार अक्टोबर ११ मा भारत भ्रमणमा जाँदै छन् । भारत भ्रमण सकेर चीन फर्कने क्रममा उनी शनिबार काठमाण्डौ ओर्लने र आइतबार चीन जाने कार्यक्रम रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !