
लोक समाचारदाता
राजविराज, असोज २१ गते ।
आफ्नै श्रीमति र छोरा हत्या गरेको आरोपमा सप्तरीमा पक्राउ परेका छन् ।
गएको आइतवार कुटपिटबाट मृत्यु पश्चात् फरार सप्तरीको महादेवा गाउँपालिका १ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरिया पक्राउ परेका हुन् ।

मदिरा सेवन गरेका नइम र जमुनीको कुटपिटबाट ६२ वर्षीय मोहम्मद गफुर पमरियाको मृत्यु भएको थियो । गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मोहम्मद इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !