
लोक समाचारदाता
जनकपुरधाम,असोज २१ गते ।
प्रत्येक वर्ष जस्तै यसवर्षपनि विजयादशमीको अवसरमा प्रदेश २ का राजधानी जनकपुरधाममा रावण वध कार्यक्रम सम्पन्न भएको छ ।
विजयादशमीका दिन रावणमाथि विजय प्राप्त भएको धार्मिक मान्यतानुसार महावीर युवा कमिटीले विगत दश वर्षदेखि रावणदहन कार्यक्रम आयोजना गर्दै आएको छ । तर यसवर्ष केही फरक ढंगबाट रावण वध गरिएको छ । यसवर्ष रावण वध संगै लंका दहन समेत गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले रामको भूमिकामा गंगासागर र धनुषसागरको डिलमा रावण, कुम्भकर्ण र मेघनाथको बनाइएको प्रतिमामा धनुषले आगो प्रज्वलन गरी वध गरेका छन् । रावण वधको अर्को आर्कषण सो संगै लंका दहन समेत गरिएको छ ।
विगत १० वर्षदेखि जनकपुरधाममा गंगा सागर र धनुष सागरको बीचमा रावण वध कार्यक्रम आयोजना हुँदै आएको छ । असत्यमाथि सत्यको विजय भएको स्मरणमा यस बर्षपनि विजयादशमीका दिन धनुषसागर पोखरीको बिचमा तटस्थ रुपले काल्पनिक लंकाको निर्माण गरिएको थियो ।

बीच पोखरीमा डुङगा उपर विभिन्न प्रकारले घर निर्माण गरिएको काल्पनीक लंका निर्माण गर्नको लागि करिब ४ लाख रुपैयाँ खर्च भएको महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले जनाएको छ । रावण वध कार्यक्रम हेर्न गंगासागर र धनुषसागरको डिलमाश्रद्धालु भक्तजन र स्थानीयको घुइचो लागेको थियो ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !