
लोक समाचारदाता
जनकपुरधाम, असोज २१ गते ।
प्रदेश सभा २ का सभामुख सरोजकुमार यादवले प्रदेश सभामै टिका थापेर वडा दशैं मनाएका छन् ।
विजयादशमीको अन्तिम दिन दशमी तिथिका दिन मान्यजनबाट टीका तथा जमरा ग्रहण गरेर मनाइने वडा दशैं सभामुख यादवले प्रदेश सभामा कार्यरत मर्यादापालक, कर्मचारी तथा सुरक्षाकर्मीहरुसँग मनाएका छन् ।

दशैंको टीका थाप्न घर जान नपाएका उनीहरुलाई सभामुख यादवले आफ्नै निवासमा टीका तथा जमरा लगाइ दिएको सभा सचिवालयले जनाएको छ ।
आफ्नो काम र कर्तव्यको कारण मर्यादापालक तथा प्रहरीहरु दशैं मनाउन घर जान नपाउँदा आफूले नै टीका जमरा लगाएर दशैं मनाएको सभामुख यादवले बताएका छन् ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !