
लोक समाचारदाता
जनकपुरधाम, असोज २१ गते ।
हिन्दुहरुको महा उत्सव विजया दशमीको अवसरमा शक्तिपीठहरुमा अन्य वर्ष जस्तै यसवर्ष पनि बलिप्रदान भएको छ । तर यसवर्ष बलिप्रदान संख्यामा कमी आएको छ ।
यसैक्रममा प्रदेश २ का राजधानी जनकपुरधाम स्थित राम मन्दिर संगै जोडिएका राजदेवी मन्दिरमा १४ हजार ६ सय ३३ बोका र महोत्तरीको सोनामाई मन्दिरमा सयभन्दा राँगाको बलिप्रदान भएको छ ।

हुनत रावदेवी मन्दिरमा पछिल्लो वर्षको तुलनामा यसवर्ष बलिप्रदानको संख्या घटेको छ । गत वर्ष १४ हजार ९ सय ९७ बोका बलिप्रदान भएको थियो तर यसवर्ष ३ सय ६३ वटा कमी भएको छ ।
पूजा आयोजक महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले अनुसार यसबर्ष १४ हजार ६ सय ३३ बोकाको मात्र बलीप्रदान गरिएको छ भने गत वर्ष भने १४ हजार ९ सय ९७ बोकको बली प्रदान गरिएको बताएका छन् ।
राजदेवी मन्दिरमा आइतबार राति ८ बजेबाट सुरु भएको बलिप्रदान आज विहान सकेको थियो । यसवर्ष पनि गतवर्ष जस्तै बलीप्रदानका लागि ४ ठेहामा २० जना परिचालन गरिएको थियो । बलिप्रदान बेलामा मन्दिरमा श्रद्धालुहरुको घुइचो लागेको थियो ।

बलिप्रदान मात्र होइन प्रसाद चढाउने श्रद्धालु र खोइन भर्ने महिलाहरुको लाईन सप्तमीकै रातिदेखि लागेको थियो । महिला र पुरूषको अलग अलग लाईनको व्यवस्था गरिएको थियो ।
बलिप्रदानपछि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह आफै सरसफाईकर्मीहरुसंग रक्तामय भएका बाटोहरुलाई सफा गरेका थिए । बलिप्रदानको रगतले एक हप्तासम्म मन्दिर वरिपरि दुर्गन्ध आउने गरेको थियो । तर यसवर्ष समयमै सरसफाईले त्यति दुर्गन्ध देखिएको छ ।

त्यस्तै महानवमीको अवसरमा सोमबार दिउँसो करिब १२ बजेदेखि बलि प्रदान भएको छ । आयोजक सोनामाई मेला समितिले एक सयभन्दा बढी रंगा बलि प्रदान भएको मेला समिति र मन्दिर पुजारीले जनाएको छ ।
आयोजकले बोका बलि प्रदानका लागि २ वटा काटने मानिसको व्यवस्था गरेको छ । गत वर्ष १५२ वटा राँगाको बली प्रदान गरिएको थियो ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !