
लोक सम्वाददाता
जनकपुरधाम, असोज २१ गते ।
कान्छो मेयरको चर्चित धनुषा शहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरिया यादवलाई गाँधी चर्खा मोमेन्टो र स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मानित गरिएको छ ।
सोमबार काठमान्डौंमा सम्पन्न एक समारोहबीच ईन्टरनेश्नल गाँधी पीस फाउण्डेशनले मेयर बरबरियालाई जल अभियानीको रुपमा गाँधी चर्खा मोमेन्टो र स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मान गरेको हो ।

नेपालको लागि गाँधी पिस फाउण्डेशनका अध्यक्ष लालबहादुर राणाको अध्यक्षता एवम् रिपोर्टस क्लबका अध्यक्ष एवम् चर्चित पत्रकार ऋषी धमलाको प्रमुख आतिथ्यमा भएको सो समारोहबीच मेयर बरबरियालाई गाँधी चर्खा मोमेन्टो र स्वामी विवेकानन्द ग्लोबल अवार्डबाट सम्मानीत गरिएको बताइएको छ ।
मेयर बरबरियालाई पर्यावरण अभियानमा लागेर पर्यावरण एवं जल संरक्षणमा लागेकोले समेत कम्युनिटी वेल्फेयर फाउण्डेशन ईण्डियाले उनलाई सम्मान गरेको छ । धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदी जलाधार संरक्षण अभियानमा आफ्नो अमूल्य समय दिएर सेवामा लागेको भन्दै उनलाई सम्मान गरिएको हो ।

समारोहमा कमला बचाउ अभियानका संस्थापक अध्यक्ष एवम् पर्यावरण अभियानी विक्रम यादवलाई समेत सम्मान गरिएको बताइएको छ । यादव गाँधी पीस फाउण्डेशनको लागि पर्यावरण र जलदुत समेत रहेका रहेको छ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !