
लोक समाचारदाता
जनकपुरधाम, असोज २१ गते ।
धनुषाको औरही गाउँपालिका १ झिटकैयामा एक जेठानीले छुरा प्रहार गरी हत्या देवरानीको हत्या गरेकी छन् ।
सोमबार साँझ घरायसी विवादको कारण अहमद राईनका श्रीमती २६ वर्षकी सुनौल खातुनले आफ्नै देवरानी २२ वर्षकी सहानी खातुनको छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जनाए अनुसार जेठानी सुनौलले देवरानी सहानीको शरीर भरी ५ ठाउँमा छुरा प्रहार गरेर घाइते बनाई आफूलाई स्वयं छुरा प्रहार गरी घाइते भएकी छिन ।
उपचारको क्रममा जनकपुरको काव्या हस्पिटलमा ल्याएको बेला देवरानी सहानीको मृत्यु भएको छ भने आफ्नै छुरा पेटमा प्रहार गरी गम्भीर घाइते भएकी जेठानी सुनौलको उपचार जनकपुर अंचल अस्पतालमा भइरहेको र हाल उनी आईसियुमा भर्ना रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
मृतक सहानी सुनौलकी कान्छो देवर विवरण राईनकी श्रीमती हुन् । मृतक सहानीको शव पोस्टमार्टमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको जिप्रका धनुषाले जनाएको छ ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !