लोक समाचारदाता
जनकपुरधाम , असोज १७ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले तीनै तहका सरकार सँग समन्वय गरी कुपोषण अन्त्य गरिने बताएका छन् ।
सेतो गुरास बाल विकास केन्द्रले जनकपुरधाममा आयोजित कुपोषण अन्तका लागि अगामी वर्षहरुमा गरिने लगानी विषयको प्रदेश स्तरीय परामर्श बैठकमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन ।
उनले गरिबी र अशिक्षाका कारण कुपोषण बढदै गई रहेको हुँदा समाजिक चेतना अभिवृद्धि सहितको कार्यक्रम ल्याउन सुझाव दिए । साथै मुख्यमन्त्री राउतले राष्ट्रिय योजना आयोगलाई प्रतिवेदन बुझाउने गरि भएको परामर्श बैठकको प्रतिवेदन प्रदेश नीति आयोगलाई समेत बुझाउन आग्रह गरे ।
उनले प्रदेश सरकार तीन तहका सरकार संग सहकार्य गरेर कुपोषण अन्तका लागि आवश्यक ऐन कानून र कार्यक्रम ल्याउन प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य अशोक यादव, बाबुलाल साह, बेची लुंगेली सहित बाल बालिकाको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !