विरगंज, असोज १७ गते ।
पर्सामा लागुऔषध मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका २३ सबैठवाका ३६ वर्षीय सोनालाल प्रसाद कुशवाहालाई प्रहरीले पक्राउ गरेको हो ।
कुशवाहालाई वीरगंज महानगरपालिका १३ स्थित राधेमाईचोकबाट लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ । २०७१ कात्तिक १० गतेदेखि फरार कुशवाहालाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको छ । उनको साथबाट त्यसबेला खैरो हिरोइन फेला परेको थियो ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !