लोक समाचारदाता
जनकपुरधाम, असोज १६ गते ।
प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले छिटै नै प्रदेशलाई विज्ञान र प्रविधीसँग जोडेर कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले प्रदेशको समृद्धिको मूल आधार कृषि नै भएको बताउँदै हालसम्म परम्परागत खेती हुँदैआएको थियो तर अब विज्ञान र प्रविधीसँग जोडेर कृषि क्षेत्रलाई बढी भन्दा बढी उत्पादनशील बनाउनु जरुरी रहेकोले प्रदेश सरकार त्यही रुपमा अघि बढिरहेको भने ।

उनले खासगरी धान खेतीमा मजदुर, बीउबिजन, मलखाद लगायत सम्पूर्ण खर्चहरु जोड्दा लागत नै बढी हुने गरेकोले निरास भई कृषिबाट पलायन हुने क्रम बढेको बताए । उनले भने कृषि क्षेत्रलाई हालसम्म नेपाल सरकारले उपेक्षा गर्दै आएको थियो, तर अब कृषि क्षेत्र प्रदेश सरकारको जिम्मा आएकोले हामीले यसलाई प्राथमिकतामा राखेका छौ ।
प्रदेश सरकारबाट कृषि सम्बन्धी संचालित कार्यक्रमहरु बारे जानकारी गराउंदै मन्त्री साहले भने कि नदीनालाहरुलाई थुनेर सिंचाई सुविधाको प्रबन्ध मिलाउने, डिप बोरिङ्ग तथा साना किसानहरुका लागि व्यापक संख्यामा ट्युवेल वितरण गरिरहेका छौ ।
कृषिमा सम्भावना देखेर युवाहरु विदेश पलायन बाट रोकिनेछ र साथै कृषि मजदूर पाउन पनि सजिलो हुनेछ जसको लागि कृषिलाई व्यवसायीकरण गर्दै कम लागतमा प्रविधीहरुको प्रयोग र बढीभन्दा बढी उत्पादनशील बनाउनेतर्फ प्रदेश सरकार लागेको समेत जानकारी उनले दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !