न्यूज डेस्क
जनकपुरधाम, असोज १६ गते ।
निकै कम समयमा पाठक वर्गमा निकै लोकप्रियता हासिल गरेको लोकपुकार डटकम न्यूज पोर्टलले अधिकारिकता पाएको छ ।
गत एक वर्षदेखि प्रदेश २ को राजधानी जनकपुरधामबाट संचालित यस लोकपुकार डटकम अनलाईन न्यूज वेभसाइटले असोज १४ गतेका दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागमा दर्ता भई वैद्यानिक अधिकारिकता पाएको छ ।
लोकपुकार डटकमको दर्ता नं. १५९२÷०७६÷७७ रहेको छ । नेपाली, हिन्दी, मैथिली र अंग्रेजी सहितका ४ भाषामा संचालित लोकपुकार डटकम प्रदेश नं. २ को पहिलो न्यूज पोर्टल अनलाईन रहेको बुझिएको छ ।
विभाग र प्रेस काउन्सीलमा दर्ता भएपछि पाठकहरु माझ लोकपुकारले अझ विश्वसनीयता हासिल गर्नेछ भने आगामी दिनमा आम जनतालाई सत्य तथ्य र भ्रष्टाचार विरुद्धको सामाग्री सहितको समाचार, सूचना तथा सन्देश लिएर सशक्त रुपमा पाठक समक्ष आउने संचालक समितिको प्रतिबद्धता रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !