लोक सम्वाददाता
जनकपुरधाम, असोज १४ गते ।
धनुषामा संचालित दुई दिने सूचना तथा प्रसारण विभागको घुम्ति शिविरमा ७४ जना पत्रकारले प्रेस प्रतिनिधि प्रमाण पत्र लिएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्यालयमा असोज १३ र १४ गते सम्पन्न सो शिविरमा धनुषा र महोत्तरी जिल्लाका एकजना स्वतन्त्र गरी ७४ जनाले नया प्रमाणपत्र लिएका छन भने १३ जना पत्रकारले नवीकरण गराएको छ ।
त्यसैगरी सो शिविरबाट प्रदान गरिएको विभिन्न सेवा मध्ये लोकपुकार डटकमले अनलाईन दर्ता गराएका छन भने जनहित एक्सप्रेस साप्ताहिकले स्थायी प्रमाण पत्रको सिफारिस लिएका छन् ।
विभागका निर्देशक ध्रुवकुमार पोखरेलको नेतृत्वमा आएका ८ सदस्यीय सो टोलीमा शाखा अधिकृत पवित्रा घिमिरे खनाल, नासु रामेश्वर कोइराला, कम्प्युटर अपरेटर हरि चापागाई र खरिदार विरबहादुर सुनुवार सहित २ जना कार्यालय सहयोगीको सहभागिता रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !