लोक सम्वाददाता
काठमाडौ, भदौ ६ गते ।
जुवा खेलाउने वातावरण मिलाइदिन भनी प्रहरीलाई घुस दिने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैया घुस सहित एकजनालाई पक्राउ गरेको छ ।
भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका ५ सल्लाघारीमा एक घर भाडामा लिई जुवा खेलाउँदै आएको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले छापा मारी जुवा खेल्ने र खेलाउनेलाई पक्राउ गरेको थियो । सोही मुद्दामा जुवा तास खेलाउनका लागि सहज वातावरण बनाई दिनुर्पयो भन्दै श्रेष्ठले प्रहरीलाई रु ४० हजार घुस दिन खोजेका थिए ।
आयोगको कार्यालय टङ्गालबाट गएको टोलीले श्रेष्ठलाई महानगरीय प्रहरी परिसरबाट पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !