लोक सम्वाददाता
वीरगञ्ज, भदौ ६ गते ।
प्रहरीले पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई मोबाइलमा मेसेज पठाएर बम विस्फोट गराउने धम्की दिने तीन जनालाई हतियार र विष्फोटक पदार्थ सहित पक्राउ गरेको छ ।
वीरगन्जको बिर्ता हाटबजारमा पटाका पड्काएर आतंकित पार्दै आएको तीन जनाको समूहलाई पर्सा प्रहरीले चार राउन्ड गोलीसहित बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा फुलहसन अन्सारी, जौवाद अन्सारी र सद्दाम अन्सारी रहेका छन् । उनीहरूको साथबाट थ्री नट थ्री राइफलको दुई र ७ दशमलव ६५ क्यालिभरको चाइनिज पेस्तोलको दुई गोली र तीन थान सुतली बम बरामद भएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले जानकारी दिएका छन् ।
तीनै जना विरुद्ध प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !