लोक सम्वाददाता
काठमाडौं, भदौ ४ गते ।
भारतीय सिने क्षेत्रकी चर्चित अभिनेत्री सनी लियोन नेपाल आउने भएकी छन् ।
नेपाली फिल्म ‘पासवर्ड’ मा आइटम डान्स गरेकी लियोन सो फिल्म प्रिमियरका लागि नेपाल आउन लागेको बताइएको छ ।
अभिनेत्री सनीले समाजिक सञ्जालमा एक भिडियो सन्देश सार्वजनिक गर्दै आफू नेपाल आउन लागेको जानकारी गराइएकी छिन । पासवर्ड’ फिल्मको निर्माण पक्षले आगामी ११ सेप्टेम्बरका दिन काठमाडौंमा ग्राण्ड प्रिमियरको आयोजना गरेको छ ।
भिडियो सन्देशमा अभिनेत्री सनीले फिल्मको ‘प्रोमोशनल इभेन्ट एण्ड प्रिमियर’का लागि नेपाल आउन लागेकी जानकारी गराएकी छन् । १३ सेप्टेम्बरबाट दर्शकमाझ रिलिज हुने सो फिल्ममा अनुपबिक्रम शाही, बिक्रम जोशी, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगाएतको मुख्य भूमिका रहेको छ ।
फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन्, भने सम्राट बस्नेतको निर्देशन रहेको छ । कुनै समयमा चर्चित पोर्न स्टार रहेकी सनी लियोन बलिउडमा आएपछि उनकै क्रेज अझै बढेको छ । बलिउड अभिनेत्री भएपनि फिल्ममा अश्लिल भूमिकाले अहिले बढी चर्चामा उनी छिन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !