लोक सम्वाददाता
जनकपुरधाम, भदौ ४ गते ।
धनुषाका धनौजी गाउँपालिकाका दलित महिलाहरुले दलितहरुको बजेट र राहत वितरणमा भ्रष्टाचार भएको आरोप लगाएकी छिन् ।
नेकपाका नेता राजकुमार यादवको अगुवाईमा पालिका घेराउ गर्ने उद्देश्यले कार्यालय पुगेकी ती दलितहरु महिलाहरुले दलितको विकासका लागि आएको विभिन्न शिर्षकको बजेटमा भ्रष्टाचारर पछिल्लो पटक राहत वितरण अनियमितता भएको भएको आरोप लगाउँदै विभिन्न मांगहरु अघि सारेकी छिन् ।
नेकपाका नेता राजकुमार यादवको अगुवाईमा पालिकाको कार्यालय पुगेकी दुई सय भन्दा बढी दलित महिलाहरुको समूहले दलितहरुको लागि छुटयाइएको बजेट सार्वजनिक गर्नुपर्ने, बजेट महिला मैत्री हुनुपर्ने, पछिल्लो पटक वितरित राहतमा भएको अनियमितताको छानबीन र विकास निर्माणमा भएको भ्रष्टाचारको छानबीन लगायतका मांग अघि सारेका हुन ।
गाउँपालिका अध्यक्ष बद्रीनारायण सिंहसँग भेटघाट गरी दलित महिलाहरुले आफूहरुको मांग चांडै सम्बोधन नभए कार्यालयमा तालाबन्दी सहितका चरणबद्ध रुपमा आन्दोलनमा जाने चेतावनी दिएकी छिन् । भेटघाटमा अध्यक्ष सिंहले दलितहरुको बजेट र राहतमा अनियमितता भएको स्वीकार गर्दै कार्यालय प्रमुख बाहिर रहेको कारण उनी आएपछि सबै हरहिसाब सार्वजनिक र मांग सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
ती महिलाहरुले दलितको बजेटमा अनियमितता मात्र होइन शिक्षा र स्वास्थ्यको बजेटमा समेत भ्रष्टाचार हुंदै आएको आरोप लगाए । सबै औषधि निशुल्क भनिएपनि स्वास्थ्य चौकीहरुमा सिटामोल बाहेक कुनै औषधि नरहेको र बजेटमा सबै औषधि खरीद गरिएको हिसाब देखाउने गरिएको र शिक्षा तर्फ दलितहरु छात्रवृति सहितका विभिन्न सुविधा नदिइने गरिएको उनीहरुको भनाई रहेको छ ।
पालिकालाई खुल्ला दिशामुक्त गर्ने तयारी भइरहेको बेला ती दलित महिलाहरुले दलितको शौचालयको नाममा वर्षेणी लाखौ रुपैया खर्च देखाउंदै आएको छ तर सयौ दलित परिवार शौचालय विहिन रहेको आरोप समेत उनीहरुले लगाईन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !