लोक सम्वाददाता
विराटनगर, भदौ ४ गते ।
विराटनगर महानगरपालिकाको एक होटलबाट अवैध यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा सम्धी सम्धिनी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले गएको शनिवार विराटनगर स्थित करीब आधा दर्जन होटलमा छापा मारेर यौन क्रियाकलापमा पक्राउ गरेको २७ जोडी मध्ये तिनीहरु पनि एक हुन ।
प्रहरीले नियन्त्रणमा लिएकामध्ये केही जोडी नातामा आफन्त पर्ने पनि रहेको पाएपछि अनुसन्धान गर्दै जाँदा सम्धी–सम्धिनी रहेको फेला परेपछि प्रहरी पनि चकित भएका थिए । प्रहरी स्रोतका अनुसार उनीहरू नोबेल अस्पताल अगाडिको होटल एण्ड लजबाट पक्राउ परेका थिए ।
प्रहरीले सम्धी सम्धिनी जोडी सहित २६ जोडी र दुईजना होटल संचालक समेत सचेत गराए छोडिएको थियो । पक्राउ परेका मध्ये एक जोडी कलेज ड्रेसमा पनि रहेका थिए । उनीहरू प्रेमी–प्रेमिका रहेको खुलेको छ ।
त्यस्तै धरानका एक युवाले काठमाडौंदेखि एक किशोरीलाई आवत–जावत हुने गरी हवाईजहाजको टिकट काटेर विराटनगर ल्याएका थिए । प्रहरीले नियन्त्रणमा लिएको ती युवा विवाहित थिए भने किशोरी अविवाहित थिइन् । उनीहरूलाई पनि प्रहरीले सचेत गराएर छोडेको छ ।
समाजिक सुरक्षा र चरित्र हत्या नहोस भन्ने उद्देश्यले प्रहरीले पक्राउ परेका जोडीहरुको नाम उल्लेख गरेको छैन । तर यस्ता अवैध यौन क्रियाकलाप रोक्न प्रहरीले आफ्नो सक्रियता बढाउन प्रहरी लागि रहने मोरंग प्रहरीले प्रतिबद्धता जनाएको छ ।
विराटनगर स्थित होटलहरुमा अवैध यौन क्रियाकलाप बढेको जनगुनासो आएपछि मोरङ प्रहरीले लामो समयपछि विराटनगरका होटल र लजहरूमा एकै दिनमा करीब आधा दर्जन होटलमा छापा मारेको हो । पक्राउ परेकामध्ये दुईजना होटल संचालकले ती जोडीहरुको सम्पर्क नम्बर र सही ठेगाना न राखेको आरोपमा पक्राउ परेका हुन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !