लोक सम्वाददाता
काठमाडौ, भदौ ३ गते ।
पत्रकार शालिकराम पुडासैनी मृत्यू प्रकरणमा प्रहरीमा हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश दिइएको छ ।
चितवन जिल्ला अदालतले पुडासैनीको मृत्यु घटनाबारे छानविनका लागि लामिछानेलाई थप ५ दिन थुनामा राख्न मंगलवार आदेश दिएको छ ।
जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछानेसहित पक्राउ युवराज कंडेल र रुकु कार्की (अस्मिता) तीनै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिइएको हो ।
पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले लामिछाने सहित तीन जनालाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको छ ।
कानूनी प्रावधान अनुसार यो म्याद सकेपछि पुनः उनीहरुलाई अदालत लगिनेछ अनुसन्धान सकिए भने मुद्दा चलाइनेछ यदि सकिएन भने पुनः म्याद थप गराएर अनुसन्धानलाई जारी राखिनेछ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !