लोक सम्वाददाता
जनकपुरधाम, भदौ २ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अनुसन्धानको क्रममा कुनै प्रकारको दवाव प्रभावमा नपर्न प्रदेश प्रहरीलाई निर्देशन दिएका छन् ।
सोमवार प्रदेश प्रहरी कार्यालयमा आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा मुख्यमन्त्री राउतले अपराध नियन्त्रणको लागी निष्पक्ष अनुसन्धान हुनु पर्ने भएकोले कसैको दवाव प्रभावमा नपर्न निर्देशन दिएका हुन ।
उनले शान्ति सुरक्षा विना प्रदेशको समृद्धि सम्भव नरहेकोले प्रदेश सरकार सुरक्षा व्यवस्था प्रति सम्वेदनशिल रहेको उल्लेख गर्नु गर्दै प्रदेश प्रहरीलाई आवश्यक सुरक्षा सामग्रीहरुमा कुनै पनि प्रकारको कमी हुन नदिने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन कुनै कमि नराखिने बताउनु भयो । उहाँले एकाइसौ सताव्दीमा अपराधको प्रवृतिमा समेत परिवर्तन भएकोले सोही अनुरुप प्रहरीलाई समेत रुपान्तरण गरिने बताए ।
प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेश प्रहरीलाई उपलब्ध गराएको सुरक्षा सामग्रीहरु मुख्यमन्त्री राउतले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रधुमन कुमार कार्कीलाई हस्तान्तरण गरेको छ ।
कार्यक्रममा जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह सहितको उपस्थिति रहेको थियो । उक्त अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीहरुलाई सम्मान समेत गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !