लोक सम्वाददाता
काठमाडौं, साउन २९ गते ।
अमेरिकासहित विभिन्न पश्चिमेली मुलुकहरुमा प्रतिबन्धित रहेका चीनका प्रविधि (मोबाइल) कम्पनी हुवावेले नेपाल विरुद्ध जासुसी गरिरहेको आरोप लगाउंदै काठमाडौमा प्रदर्शन गरिएको छ ।
नेपाल प्रहरीको केन्द्रिय मुख्यालयको छेउमा रहेको हुवावेको कार्यालय अगाडि प्रविधि कम्पनी चलाई रहेका हुवावेले आफ्ना प्रविधि प्रयोग गरी यहाँका सरकारी वेभसाइटहरु ह्याक गरेको र आम मानिसको गुप्तचरी समेत गरिरहेको आरोप लगाउदै प्रदर्शन तिनीहरुले प्रदर्शन गरेका हुन ।
काठमाडौ सहित देशका विभिन्न स्थानमा डिलर र सब डिलर मार्फत आफ्ना प्रतिनिधि राखेर इलेक्ट्रोनिक र अनलाईन प्रविधि मार्फत गुप्तचरी गर्दै यहाँका सरकारी वेभसाइट ह्याक गर्नुका साथै आम जनताको समेत गरिरहेकोले देश नै गम्भीर संकट पर्न सक्ने भन्दै सरकारलाई सचेत गराउन प्रदर्शन गरेको कुरा प्रदर्शनकारीहरुले बताएका छन् ।
यसका साथै उनीहरुले जुन देशका कम्पनीलाई अमेरिका सहितका विभिन्न राष्ट्रले प्रतिबन्ध लगाइसकेको छ नेपाल सरकारले त्यही देशलाई फोर जी सेवाको ठेक्का दिएकोले यसले थप संकट उत्पन्न गर्न सक्ने आरोप लगाएका छन् ।
ह्वावेईको नेपालस्थित आधिकारिक विक्रेता कल मोबिलिटी प्रालिका विक्री प्रमुख रोशन न्यौपानेले पनि अन्तर्रा्ष्ट्रिय रूपमा हुवावे सम्बन्धी विवाद रहेको स्वीकार गरेका छन् ।
उक्त कम्पनीलाई आफ्नो प्रविधि प्रयोग गरेर गुप्तचरी गरिरहेको आरोप लाग्दै आएको अवस्थामा अमेरिकी सरकारको निर्णयका कारण गुगलले ह्वावेईका आगामी फोनहरूमा आफ्नो अपरेटिङ प्रणाली उपलब्ध नगराउने भएपछि त्यसको असर विश्वभरि नै देखिन थालेको बताइन्छ ।
अमेरिकी अखबार वालस्ट्रिट जर्नल अमेरिकी अधिकारीहरुले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको छ । गोप्य स्रोतको हवाला दिँदै जर्नलले अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट व्यापारिक गोप्य सूचनाहरु चोरी गरेको आरोपका बारेमा अध्ययन गरिरहेको बताइएको छ ।
अमेरिकी प्रविधि क्षेत्रका ठूला कम्पनीहरु हुवावे र जेडटीईमाथि प्रविधिको प्रयोगमार्फत सूचना चोरी गरेको आरोपमा अमेरिकी नेतृत्वमा विश्वभर नै दबाब सिर्जना गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !