एजेन्सी
न्यूयोर्क, साउन २९ गते ।
चोरीको आरोप लागेपछि संयुक्त राष्ट्रका लागि पाकिस्तानको स्थायी प्रतिनिधि मलीहा लोधीलाई कार्यक्रमबाट बाहिरिनु परेको छ ।
लोधी विरुद्ध एक जना व्यक्तिले उनलाई भ्रष्टाचार गरेको आरोप लगाउँदै भने, ‘तपाई चोर हुनुहुन्छ र पाकिस्तानको प्रतिनिधित्व गर्न योग्य हुनुहुन्न भन्ने कुरा संयुक्त राष्ट्र सघंको एक कार्यक्रमका लोधिले पाकिस्तानको राष्ट्रियताका बारेका बोल्ने क्रममा विभिन्न प्रश्नहरु उठेको एक भिडियोमा उल्लेख छ ।
ती व्यक्तिले आफ्नो प्रश्नको उत्तर दिन एक मिनेट समय मागे र उत्तर आउन नपाउँदै प्रश्न गरे, ‘गएको १५ देखि २० वर्षसम्म तपाईले के गरिरहनु भएको छ ? तपाई हाम्रो प्रतिनिधित्व गर्दै हु्नुहुन्न ।
लोधीले उनलाई रोक्न खोज्दा ती व्यक्तिले यो कानुन विपरीत छैन, किनकी उनी पाकिस्तानी हुन् । तर सो प्रश्नमा लोधिले भनिन् म प्रश्नहरूको उत्तर दिन चाहन्न ।
लोधि जब उक्त समारोहबाट बाहिर निस्किन थालेपछि प्रश्न सोध्नेहरुले तपाईहरू हाम्रो पैसा चोर्दै हुनुहुन्छ, तपाई चोर हुनुहुन्छ र तपाई पाकिस्तानको प्रतिनिधित्व गर्न योग्य छैन भने आरोप समेत लगाए । ती व्यक्तिहरुले आरोप लगाउंदै गएपछि लोधीले त्यसलाई अटेरी गरी बाहिरिएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !