लोक सम्वाददाता
जनकपुरधाम, साउन २४ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामबाट एक सव ईन्जिनीयरलाई घुसको रकम सहित रंगेहात पक्राउ गरेको छ ।
प्राप्त जानकारी अनुसार धनुषाको नगराईन नगरपालिकाका सव ईन्जिनीयर उमेश मण्डललाई सेवाग्राहीबाट सम्पन्न भएको योजनाको भुक्तानी गराई दिने वापत घुस लिएको ५५ हजार रुपैया सहित अख्तियारले पक्राउ गरेको हो ।
मण्डलले सेवाग्राहीलाई घुसका रकम लिन जनकपुर अंचल अस्पताल अगाडि बोलाएको थियो, सो क्रममा विशेष सूचनाको आधारमा अख्तियारको बर्दिबासबाट खटिएका टोलीले उनलाई घुसको रकम सहित पक्राउ गरयो ।
शुक्रवार बेलुका सबा ६ बजेको समयमा मण्डललाई घुस लेनदेन भइसकेपछि जान लाग्दा सुराकी खटिएका अख्तियार टोललिे उनलाई रंगेहात पक्राउ गरेको बताइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !