Friday, August 14, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

बैंक ठगी आरोपमा राजपाका नेता ठाकुर भारतमा पक्राउ


लोक सम्वाददाता
जनकपुरधाम, साउन २३ गते ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरका नाती (पोता) एवं सो पार्टीका नेता मनोज ठाकुर बैंकिग ठगी आरोपमा भारतमा पक्राउ परेका छन् ।
ठाकुर बैङ्क ठगीको आरोपमा भारतको उत्तर प्रदेशमा पक्राउ परेका हुन् । आफूलाई नेपाली रहेको दाबी गर्ने ठाकुर भारतको सितामढी जिल्ला निवासी रहेको भारतीय प्रहरीको दाबी छ ।

निर्वाचन आयोग नेपालले जारी गरेको प्रदेशसभा समानुपातिक उम्मेद्वारको सूचीमा महोत्तरीबाट क्रम संख्या १४९१ मा मनोजकुमार ठाकुरको मधेशी कोटाबाट नाम रहेको छ ।
भारतीय प्रहरीका अनुसार भारत विहार सीतामढी जिल्लाका मनोज ठाकुरसहित सञ्जय ठाकुर, अमिनेश ठाकुर र मुज्जफरपुरका अजित शर्मालाई उत्तर प्रदेशको स्पेशल टाक्सफोर्सले बुधबार पक्राउ गरेको हो । पक्राउ परेको मनोज, सञ्जय, अमिनेश दाजु–भाइ हुन् ।

ठाकुर विहार सीतामढी जिल्ला निवासी भएको तर उनको साथबाट नेपालसँग सम्बन्धित अन्य कागजात पनि फेला परेको प्रहरीले पुष्टि गरेको छ । मनोज, सञ्जय, अमिनेश तीनैजनासँग नेपाली नागरिकता छ । पक्राउ परेका चारैजना भारतको नोएडामा पहिलादेखि नै सक्रिय भएर बैङ्कको फर्जी कागज बनाउँदै ठगीमा संलग्न भएको भारतीय प्रहरीले जनाएको छ ।

उनीहरुले त्यहाँ एउटा नक्कली कम्पनी नै खोलेर कर्मचारी समेत राखेका थिए । त्यही कार्यालयका कर्मचारहरुका नाममा व्यक्तिगत, गाडी, घर लगायतका नाममा ऋण लिएर उनीहरु कार्यालयहरु बन्द गर्दै भाग्ने गरेको भारतीय प्रहरीको भनाई छ ।
प्रहरीको अनुसन्धान अनुसार भारतको आइसीआइसीआई बैङ्कबाट २ करोड र सिटी बैङ्कबाट १० लाख रुपैयाँ ऋण लिएको हो । ऋण लिएपछि उनीहरु फरार हुने गरेका थिए । ऋण लिएका बैङ्कले उनीहरुमाथि प्रहरीमा उजुरी हालेपछि यो पोल खुलेको हो ।

पक्राउपछि प्रहरीले गरेको अनुसन्धानबाट उनीहरुसँग ५६ वटा बैङ्कको खाता रहेको खुलेको छ । प्रहरीले अहिले सबै बैङ्कका खाता सीज गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ६० हजार नेपाली रुपैयाँ बरामद गर्नुका साथै नेपाली पासपोर्ट र नेपाली नागरिकता बरामद गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुको साथबाट ४२ वटा पीन कार्ड, ८ आधार कार्ड, २४ भोटर कार्ड, ५६ डेबिट कार्ड, ५६ क्रेडिटकार्ड, २१ वटा बैङ्कका पासबुक, ४४ वटा चेकबुक विभिन्न सरकारी तथा बैङ्कका नक्कली स्ट्याम्प समेत फेला पारेको छ ।

मनोज ठाकुर एक डेढ महिनाअघिसम्म जनकपुरमै थिए । प्रदेश २ का विभिन्न मन्त्रालयमा गएर ठेक्कापट्टाको काम मिलाइदिन दबाब दिँदै आइरहेको प्रदेश २ का एक मन्त्री बताउँछन् ।

राजपाकी नेतृ एवं प्रदेश सभा २ का सदस्य रानी शर्मा तिवारीले एक संचार माध्यमसंग कुरा गर्दै मनोज महोत्तरी एकरहियाको वासिन्दा हुन् । चुनावको समयमा आफू मनोजको घरमा पनि गएको छु तर भारतमा उनको व्यवसायबारे थाहा छैन । उनले थप्दै भनिन ‘मनोजले महन्थ ठाकुरलाई हजुरबुवा भन्थ्यो । पार्टी भित्र उनले आफूलाई महन्थ ठाकुरज्यू नजिकको मान्छे भनेर चिनाउंछन ।
श्रोतका अनुसार महन्थ ठाकुर स्वास्थ्य उपचारका लागि दिल्ली जाँदा उनको रेखदेख गर्ने काम मनोज ठाकुरले नै गर्ने गर्छ । महन्थ ठाकुर मात्र होइन, राजपा नेपालका जुनसुकै शीर्ष नेता दिल्ली पुग्दा मनोज ठाकुरको उपस्थिति त्यहाँ हुन्छ । यसअघि उनी राजपा नेपाल निकट प्रवासी संघ (भारत) का अध्यक्ष पनि थिए ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया
Blast News

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास
Blast News

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण
Blast News

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह
Blast News

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन
Blast News

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति
Blast News

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

ताजा खबर

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमशील बनाउंदै मुखियापट्टी मुसहरनिया

अदालतअगाडि नै आत्मदाहको प्रयास

अदालतअगाडि नै आत्मदाहको प्रयास

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

प्रदेश प्रहरी सम्बन्धी कानुनी दस्तावेज संघीय गृहमन्त्रीलाई हस्तान्तरण

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

पीडितलाई न्याय र क्षतिपूर्ति दिन मुस्लिम अगुवाहरूको आग्रह

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

चारबुँदे सहमतिपछि यादवले स्थगित गरे आमरण अनशन

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

रहेनन् मुर्धन्य साहित्यकार डा. विमल, नेपालकै अपुरणिय क्षति

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव